सुपरीवेक्षण तथा अनुगमन
गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका २०६९ अनुसार नेपाल सरकारले परिचयपत्र वितरण कार्यको नियमित अनुगमन गर्नेछ । कार्यक्रम प्रारम्भ भएको २ वर्षमा परिचयपत्र वितरण कार्यको बोर्डले छनौट गरेको स्वतन्त्र विज्ञहरुको समूहबाट मूल्यांकन गरिनेछ । गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यस्थापन तथा वितरण कार्यक्रमको सफलतापुर्वक संचालन गर्नको लागि केन्द्रीय र जिल्लास्तरमा देहाय बमोजिमका विभिन्न समिति र संगठनहरु स्थापना गरि आवश्यक सुपरिवेक्षण तथा अनुगमनको व्यवस्था मिलाइएको छ।
- केन्द्रमा
- गरिब घरपरिवार सहयोग समन्वय बोर्ड (साविक नाम: गरिव घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्ड)
- सहकारी तथा गरिबी निवारण मन्त्रालय
- गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय ( साविक नाम: गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्डको सचिवालय
- जिल्लामा
- जिल्ला समन्वय समिति
- जिल्ला समन्वय समितिको सचिवालय
- जिल्ला अनुगमन तथा गुनासो सुनुवाइ समिति
- सथानिय तहमा
- अन्य
- राष्ट्रिय योजना आयोग र सचिवालय
- समन्वय वोर्डका सदस्य रहेका मन्त्रालयका सचिवज्युहरु
- नागरिक समाज तथा वडा नागरिक मञ्च
- संचार माध्यमहरु