१. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्डका सदस्य सचिवबाट कार्यक्रम प्रारम्भ भएका २५ जिल्लाहरुमा जिल्ला समन्वय समितिको सचिवालय स्थापना भईसकेको लगायत अन्य कार्यहरुको विवरण वैठकमा प्रस्तुत भयो ।
२. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण कार्यका सन्दर्भमा घरपरिवारको विवरण संकलन गर्ने क्रममा राष्ट्रिय जनगणना कार्यका लागि प्रयोग भएको अक्सर बसोवासको आधारमा बसिरहेको व्यक्ति वा व्यक्तिहरुको समुह (ग्कगब िएबिअभ या च्भकष्मभलअभ) लाई घरपरिवार मानी संकलन गर्ने । यो प्रावधान कार्यविधिमा समावेश गर्ने ।
३. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण कायकर््ा सन्दर्भमा घरपरिवारको विवरण दर्ता गराउन घरपरिवारले देहायका कागजातहरु मध्ये कुनै एक अनिवार्यरुपमा देखाउनु पर्नेछ ।
यो प्रावधान कार्यविधिमा समावेमश गर्ने ।
४. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण गर्ने प्रयोजनका लागि लगत संकलन कार्यमा खटइने गणक तथा सुपरभाईजरको छनौट, नियुक्ती तथा सेवा सुविधा देहाय वमोजिम गर्ने ।
छनौट र नियुक्ती प्रक्रिया
क. गणक तथा सुपरभाईजरको छनौट तथा नियुक्ती जिल्ला समन्वय समितिको मार्गदर्शनमा रही जिल्ला समन्वय समितिको सचिवालयले गर्नेछ ।
ख. गणक तथा सुपरभाईजरहरुको योग्यता ः
अ) गणकको लागि: कम्तीमा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको र सम्भव भएसम्म ४५ वर्ष उमेर ननाघेको व्यक्ति हुनु पर्ने । सरकारी कर्मचारीहरुको हकमा कम्तीमा रा.प. अनं. द्धितीय श्रेणी वा सो सरहका कर्मचारी ।
आ) सुपरभाईजरको लागिः कम्तीमा आई.ए. वा सो सरहको शैक्षिक योग्यता भई २ वर्षको अनुभव प्राप्त र सम्भव भए सम्म ४५ वर्ष उमेर ननाघेको व्यक्ति हुनु पर्ने । सरकारी कर्मचारीहरुको हकमा कम्तीमा रा.प. अनं. प्रथम श्रेणी वा सो सरहका कर्मचारी ।
ग. निम्न बमोजिमको प्राथमिकताक्रमानुसार गणक तथा सुपरभाईजरहरुको नियुक्ति गर्ने ः–
उल्लेखित व्यक्तिहरुले अपुग भएको अवस्थामा देहाय बमोजिमको प्राथमिकताक्रमानुसार नियुक्ति दिन सकिनेछ ।
घ. सि.नं. ४ (ख) अनुसार योग्यता पुगेका सि.नं. ४ (ग) बमोजिमका व्यक्तिहरुको नामावली सम्बन्धित कार्यालय वा आयोजनाबाट संकलन गरी गणक तथा सुपरभाईजरको अलग अलग रोष्टर तयार गर्ने ।
ङ. सि.नं. ४ घ) बमोजिम तयार भएको रोस्टरबाट सि.नं. ४ (ग) बमोजिमको प्राथमिकतालाई आधार मानी सम्बन्धित गाऊँ विकास समिति वा ईलाकामा कार्यरत व्यक्तिलाई पहिलो प्राथमिकता दिई गणक तथा सुपरभाईजरहरुको छनौट गर्ने ।
च. गणक तथा सुपरभाईजरहरुको लागि कार्यविवरण सहितको कार्यक्षेत्र तोकिएको नियुक्तिपत्र दिने ।
सेवा सुविधालगत संकलन तथा सुपरिवेक्षणको लागि स्थलगत कार्यमा खटिने व्यक्तिहरुलाई निश्चित अवधिको लागि निम्न वमोजिम एकमुष्ठ पारिश्रमिक उपलब्ध गराईनेछ ।
५. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्डको सचिवालयद्धारा प्रस्तुत पारिवारिक विवरण दर्ता फाराम (प्रश्नावली फाराम) वैठकमा छलफल भयो । उक्त प्रश्नावली फारामको आधारमा तत्काल पूर्व परिक्षणस्वरुप लगत संकलन गरी आवश्यक भए परिमार्जन गर्ने । उक्त प्रश्नावली विज्ञहरुसंग समेत छलफल पश्चात परिमार्जन गरी अन्तिम प्रश्नावली वोर्डका अध्यक्षले स्विकृत गर्ने र यसलाई कार्यविधिको अनुसूचिमा समावेश गर्ने । स्विकृत प्रश्नावली मुद्रण विभागमा छपाई गर्ने ।
६. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्डको सचिवालयमा वोर्डका अध्यक्षको निर्णयानुसार काजमा खटिने वढीमा २० जना कर्मचारीहरुको लागि नेपाल सरकारको २०६९ सालको सम्बन्धित श्रेणीको न्यूनतम मासिक तलब स्केल बरावरको अतिरिक्त रकम खटिएको मितिदेखि २०६९ चैत्र मसान्त सम्मको लागि प्रदान गर्ने ।
७. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण कार्यका लागि जिल्ला समन्वय समितिको सचिवालयमा खटिने विभिन्न श्रेणीका कर्मचारीहरुको लागि नेपाल सरकारको २०६९ सालको सम्बन्धित श्रेणीको न्यूनतम मासिक तलब स्केल बराबरको अतिरिक्त रकम मासिक रुपमा उपलब्ध गराउने । उपर्युक्त अतिरिक्त रकम जिल्ला सचिवालयको हकमा घरपरिवारको लगत संकलन कार्य प्रारम्भ भएको मितिबाट वढीमा ३ महिनाका लागि प्रदान गर्ने ।