नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


०६ औ वोर्ड वैठकका निर्णयहरु

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय
गरिब घरपरिवार सहयोग समन्वय वोर्डको सचिवालय
अनामनगर, काठमाण्डौ ।
०६ औ वोर्ड वैठकका निर्णयहरु
(मिति २०६९/१०/०७)

१. गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने प्रयोजनको लागि पहिलो चरणमा पाँचै विकास क्षेत्रबाट एक एक जिल्ला पर्ने गरी भोजपुर, रौटहट, गोरखा, बर्दिया र कैलाली छनौट गर्ने ।

२. केन्दीय तथ्यांक विभागका महानिर्देशकको संयोजकत्वमा गरिबी निवारण कोषका कार्यकारी निर्देशक र बोर्डका सदस्य सचिव समेतको टोलिले प्रश्नावलीलाई अन्तिम रुप दिने तथा आवश्यकतानुसार परिमार्जन गर्ने । प्रश्नावली तथा गणना निर्देशिका समन्वय बोर्डका अध्यक्षज्यूबाट स्विकृत गरी लागु गर्ने ।

३. समन्वय वोर्डको सचिवालयमा हाललाई बढीमा बीसजना कर्मचारी राख्ने र आवश्यकतानुसार अन्य व्यवस्था गर्ने । उक्त कर्मचारीहरुलाई प्रदान गरिने सेवा सुविधाको विषयमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवज्यूहरुले निर्धारण गर्ने ।

४. २५ जिल्लको लागि आवश्यक पर्ने बजेट मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा माग गर्ने ।

५. निर्देशिकामा संशोधन गर्नुपर्ने विषयहरुको तीन महले तयार गरी पेश गर्ने ।

६. निर्देशिका बमोजिम कार्यविधि मन्त्रालयस्तरबाट स्विकृत गरी लागु गर्ने ।

७. वोर्डका सदस्यहरुको आचारसंहिता तयार गरी अर्को बैठकमा पेश गर्ने ।