नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


०७ औ वोर्ड वैठकका निर्णयहरु

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय
गरिब घरपरिवार सहयोग समन्वय वोर्डको सचिवालय
अनामनगर, काठमाण्डौ ।
०७ औ वोर्ड वैठकका निर्णयहरु
(मिति २०७०/०२/०८)

१. वोर्डका सदस्यहरुलाई जानकारी भयो र यस सम्बन्धमा निर्वाचन आयोगमा फोटो सहितको मतदाता नामावली संकलन फारमको नम्बर लगायत अन्य विवरणहरु प्राप्त गर्नको लागि पुनः अनुरोध गरी पठाउने ।

२. जिल्ला विकास समितिसंग समन्वय गरी गरिब घरपरिवार परिचयपत्र व्यवस्थापन जिल्ला समन्वय समितिले उपलब्ध भएसम्म जिल्लास्थित उपलब्ध कर्मचारीहरुलाई काममा लगाउने र नपुग अवस्थामा स्थानीय विकास अधिकारीसंग समन्वय गरी गा.वि.स. सचिवहरुलाई पनि काममा लगाउने ।

३. यसै आर्थिक वर्षको असार मसान्त सम्म काम सकिने गरी आवश्यक व्यवस्था गर्ने ।

४. जिल्लाका प्रत्येक घरपरिवारको लागि भरिएको प्रश्नावली (जिल्लामा संकलित सर्भेक्षण भएका प्रश्नावलीहरु) केन्द्र (काठमाण्डौ) मा ल्याई डाटा ईन्ट्री कार्य गर्ने गराउने ।

५. डाटा ईन्ट्री तथा भण्डारण कार्यको लागि मितव्ययिता अबलम्बन गरी यथासम्भव सरकारी भवन लिने प्रयत्न गर्ने सो हुन नसके घरभाडा लिने कार्य गर्ने र सोको नपुग भाडा रकम कानून बमोजिम रकमान्तर गरी खर्च गर्ने ।

६. तोकिएको बजेट र मापदण्डभित्र रही आर्थिक कार्यविधि ऐन तथा नियमावली तथा सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार खर्चको कार्यविधिका सम्बन्धमा आवश्यकतानुसार सचिवालयले जिल्ला समन्वय समिति कार्यालयहरुलाई निर्देशन दिन सक्ने ।

७. अस्थायी प्रकृतिको कार्यक्रम भएकोले हालको अवस्थामा नै आवश्यक कर्मचारीहरुको व्यवस्था गरी कार्यक्रम संचालन गर्ने ।

८. समन्वय वोर्डको गठन निर्देशिका संशोधन भई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरेको सन्दर्भमा यस अघि तयार गरिएको सञ्चालन कार्यविधिमा सान्दर्भिक संशोधन गरी परिमार्जन गर्नको लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव सुरेश प्रधानको संयोजकत्वमा निम्न ५ सदस्यीय समिति गठन गर्ने र संशोधन कार्यविधि अर्को बैठकमा पेश गर्ने । 

                   सह–सचिव श्री सुरेश प्रधान (नि.सचिव)                                  संयोजक

                   सह–सचिव श्री नरेन्द्रमान श्रेष्ठ,

                    कानुन, न्याय, संविधान सभा तथा संसदिय मामिला मन्त्रालय         सदस्य

                    महानिर्देशक श्री उत्तम नारायण मल्ल,

                    केन्द्रीय तथ्यांक विभाग                                                   सदस्य

                    सह–सचिव श्री दिनेश थपलीया,

                   संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय                           सदस्य

                   सह–सचिव श्री केदार अधिकारी,

                   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय                                         सदस्य

 ९. गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न केन्द्रीय समन्वय वोर्डको पदाधिकारीहरुबाट गणना कार्यको अनुगमन तथा निरिक्षण गर्ने मन्त्रीपरिषद कार्यालयसंग समन्वय गरी कार्य तालिका बनाई गर्ने ।