नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


पच्चिस जिल्लामा तीन लाख एकानब्बे हजार आठसय एकतिस गरिब घर परिवार गरिब

काठमाडौं- सरकारले छानिएका २५ जिल्लाका १२ लाख २४ हजार ४ सय १७ घरपरिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१  घरधुरीलाई गरिब परिवार पहिचान गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको गरिब घरपरिवार पहिचानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदले २०७४ साउन १२ गते शुक्रबार स्वीकृत गरेको हो।